बाराको तीन पालिकाका बर्थिङ्ग सेन्टरलाई लाखौं रुपैयाँ बराबरको लाखौंको अति आवश्यक सामाग्रीको सहयोग गरिएको छ ।
वान हार्ट वल्र्ड वाइडको आर्थिक तथा प्राविधिक सहयोग,स्थानीय सरकारको समन्वय र जन जागरण युवा क्लब,बाराको आयोजनामा सो सामाग्री प्रदान गरिएको हो ।
जनजागरण युवा क्लवको मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रर्वद्धन कार्यक्रम अन्तर्गत सो सामाग्री हस्तान्तरण गरिएको हो । बारा जिल्लाको करैयामाई गाउँपालिकाको नरही स्वास्थ्य चौकी अन्तर्गतको नरही बर्थिङ्ग सेन्टरलाई दुई लाख ५१ हजार नौ सय ९८ रुपैयाँको सामाग्री हस्तान्तरण गरिएको हो ।
सुवर्ण गाउँपालिकाको कवहीगोठ स्वास्थ्य चौकी अन्तर्गतको कवहीगोठ बर्थिड.सेन्टरलाई रु तीन लाख नौ हजार एक सय ७० रुपैयाँको सामाग्री हस्तान्तरण गरिएको हो ।
देवताल गाउँपालिकाको पिप्राढी गोठ स्वास्थ्य चौकी अन्तर्गतको पिप्राढी बर्थिड. सेन्टरलाई एक लाख ५० हजार तीन सय ६३ बराबरको अति आवश्यक सामाग्रीहरु तथा उपकरण सहयोग गरिएको छ । यसका साथै देवताल गाउँपालिकालाई ग्रामीण अल्ट्रा साउण्ड मेशिन पनि हस्तान्तरण गरिएको छ ।
सहयोगका मुख्य सामाग्री तथा उपकरणहरुमा ग्रामीण अल्ट्रा साउण्ड, डेलिभरी बेड, ए.एन.सी. वेड,रेडियन्ट वार्मर,फ्रिज,अस्पताल बेड,अक्सिजन सेलिन्डर,सक व्यवस्थापन सेट,के.एम,सी.सेट, ड्रसिड सेट तथा गर्भवती सुत्केरी जाँचका अन्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
ती सामाग्री तथा उपकरणहरु प्रत्येक ठाउँमा एक अभिमुखिकरण कार्यक्रम सहित हस्तान्तरण गरिएको छ । कार्यक्रममा ती सामाग्रीहरुको सुरक्षा,संरक्षण तथा सदुपयोगबारे यहाँका गाउँपालिका अध्यक्ष, प्र.प्र.अ.(देवतालगा.पा.),स्वास्थ्य शाखा प्रमुखहरु,स्वा. सं. व्यवस्थापन समितिका अध्यक्ष,सदस्यहरु तथा अन्य सम्बन्धित स्वास्थ्य कर्मचारीहरुको उपस्थिति थियो ।
यस्तै सो कार्यक्रममा वान हार्ट वल्र्डवाइडको जिल्ला संयोजक, जेजेवाइसीका अध्यक्ष,कार्यक्रम निर्देशक र फिल्ड अधिकृत लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
ग्रामीण अल्ट्रा साउण्डको मेशिन देवताल गाउँपालिकाका अध्यक्ष उदयप्रसाद यादवले ग्रहण गरेका हुन् । सो मेशिन समुदायका गर्भवतीहरुलाई निःशुल्क सेवा दिने उनले जनाए । यसले आउने दिनहरुमा गर्भवती आमा र नवजात शिशुहरुको स्वास्थ्य सेवामा सुधार आउने यादवले विश्वास व्यक्त गरे ।


