बारामा प्रतिबन्धित लागुऔषध ६ किलो गाँजासहित एक महिला पक्राउ

साझेदारी दैनिक
375 पाठक संख्या

कलैया । नेपाल प्रहारी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बारामा प्रतिबन्धित लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१८ लामिडाँडा बस्ने माईला भन्ने पाल लामाको घरमा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब निरीक्षक दलबहादुर श्रेष्ठको कमाण्डमा र सशस्त्र प्रहरी.बल नं.१२ गण हे.क्वा. उत्तर झिटकैयाबाट सशस्त्र प्रहरी नायब निरीक्षक तिलक बहादुर गुर्मछानको कमाण्डमा खटिएको टोलिले आज सो लागु औषध बरामद गरेको हो।

पक्राउ परेकी ४० वर्षीय माईली थिङको साथबाट लागु औषध ६ किलो पाँच सय २० ग्राम गाँजासहित १९ हजार तीन सय ९० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । साथै ट्रमाडोल लेखिएको १८ पत्तामा १८० ट्याबलेट,स्टास्मो लेखिएको १३ पत्तामा ६२० ट्याबलेट, एन्टीकफ लेखिएको ३ पत्ता १३५ ट्याबलेट, स्टागन २५ लेखिएको २२ पत्ता २२० ट्याबलेट बरामद गरेको सिमराका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिएका छन् ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सिमरामा ल्याई राखिएको डिएसपी जोशीले जानकारी दिए ।

Leave a review