नगरवासि तथा कृषकहरुको जिवनस्तर उकासिन किसिमको गौरबको आयोजना जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले शिलान्यास गर्नुभएको छ ।
रु.५० करोडको लागतमा ग्रामिण भुभागलाई शहरी सड्क मार्गसँग जोड्ने आयोजना कार्यान्वयनमा आएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ यो आयोजना जीतपुरसिमरा उपमहानगरपालिकाको अहिलेसम्मकै सबैभन्दा ठुलो लागतको आयोजना हो । आयोजनालाई कार्यान्वयनको लागि उपमहानगरपालिकाले यही मंसिर २९ गते ठेक्का आहवान गरेको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १५ को हात्तिसार देखि वडा नं. १३ को फत्तेपुर,वडा नं. २० को गुलरीया टोल,वडा नं.१९ को मटरीया र मथुरापुर जोड्ने ८.५० कि मि कालोपत्रे सडक आयोजना कार्यान्वयनमा आएको छ ।त्यस्तै उपमहानगरपालिकाको वडा नं ७ जीतपुर देखि वडा नं. ५ को बकुलिया,वडा नं.११ को आमाडार खैरवा,वडा नं.१३ को फत्तेपुर र वडा नं.१८ को बडर्रवा जोड्ने करिव ९ कि मि कालोपत्रे सडक आयोजना कार्यान्वयनका लागी २५ करोडका दरले कुल ५० करोडको ठेक्का आह्वान गरेकोे थियो ।
उपमहानगरपालिकाको धेरै ग्रामिण भुभागहरु जोडिने गरी ग्रेवल अवस्थामा रहेको सो सडक योजनाहरु कार्यान्वयनबाट ग्रामिण भेगमा रहेका उपमहानगरवासि तथा कृषकहरुको जिवनस्तर उकासिने अपेक्षा नगर प्रमुख पौडेलको रहेको छ ।
जीतपुर बकुलिया बडर्वा सडकको लागत करिब ४२ करोड र हात्तिसार फत्तेपुर मथुरापुर सडकको लागत करिब ३९ करोड रहेको छ । राष्ट्रिय योजना आयोग र जीतपुरसिमरा उपमहानगरपालिकाको संयुक्त साझेदारीमा कार्यान्वयनमा आएका आयोजनामा दुबैले ५०।५० प्रतिशत लागत ब्यहोर्ने सम्झौता भएको छ ।
आयोजना निर्माणको तिन बर्षको समय सिमा भएपनि उपमहानगरपालिकाको एक बर्ष भित्रमै निर्माण गरिसक्नुपर्ने लक्ष्य राखेको प्राविधिक शाखाका ईन्जिनीर संजिव रुपाखेतीले जानकारी दिनुभयो ।
साँत मिटर चौडाईको बन्ने डबल लेनको कालोपत्रे सड्क मार्ग साईड फुटपाथ र नाला समेत गरी ११ मिटरको हुने ईन्जिनियर रुपाखेतीले बताएका छन ।

