सशस्त्र प्रहरीद्धारा १४ किलो लागुऔषध चरेस बरामद

साझेदारी दैनिक
साझेदारी दैनिक 563 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
सशस्त्र प्रहरी बाराले बरैनियाबाट १४ किलो लागुऔषध चरेस बरामद गरेको छ ।जिल्लाको बोडर आउट पोष्ट (बीओपी) बरैनियाले विहिवारवार राति १४ किलो लागूऔषध चरेश बरामद गरेको सशस्त्र प्रहरी नायब उपरिक्षक निरञ्जन भण्डारीले जानकारी गराएका छन ।

बिश्रामपुर गाउपालिकाबाट गएराती अबेर १० बजे बलिरामपूर नाका हुदै भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक होमबहादुर खत्रीको कमाण्डको टोली चरेस पक्राउँ गरेको हो ।

सशस्त्र प्रहरीको टोलीलाई देखेर लागुऔष कारोबारीहरु चरेश फालेर भारततर्फ भागेको सशस्त्र प्रहरी नायब उपरिक्षक भण्डारीले बताए ।

बरामद चरेश माथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाईएको सशस्त्र प्रहरी कार्यालय बाराले जनाएको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review