रक्त सञ्चार केन्द्र वीरगञ्जमा रगतको चरम अभाव भएकोले कटिया स्टेशनद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वार्ड नम्बर ४ मा रहेको कटिया स्टेशनको प्राङ्गणमा शनिबार एक कार्यक्रम आयोजना गरी सो कार्यक्रम गरेको हो ।
आकस्मिक रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका हुन् । सो कार्यक्रममा सहयोग कलैया सिटी जेसिजको रहेको थियोे ।
रक्तदान गरौं नाराका साथा शम्भु गुप्ता,अमित साह,इन्द्रदेव प्रसाद यादव लगायतले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगञ्जले जनाएको छ ।
कटिया स्टेशनका संचालक सरोज साहको अध्यक्षतामा उक्त रक्तदान कार्यक्रमको भएको थियोे ।
विगत केहिदिन देखि अत्यधिक गर्मीका कारण रक्तदान कार्यक्रमहरु नभएकोले उक्त कार्यक्रमबाट केही हदसम्म भएपनी विरामीहरुलाई सहयोग पुर्याउन यो रक्तदान कार्यक्रम आयोजना गरिएको कलैया सिटी जेसिज २०२४ का प्रमुख अध्यक्ष सल्लाहकार जेसी शम्भु गुप्ताले बताए ।
उक्त कार्यक्रममा कलैया सिटी जेसिज २०२४ का अध्यक्ष पवन कुशवाहा,महासचिव राजकुमार गिरि,२०२३ का अध्यक्ष सुभाष जैसवाल,मिडिया संयोजक संदिप यादव,बोर्डका पदाधिकारी तथा सदस्य,नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति वीरेन्द्रराज कंडेल,रक्त सञ्चार सेवा समिति वीरगंजका संयोजक मधु राणा,कटिया स्टेशनका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

