जीतपुरमा भब्य शोभायात्रा र दिप उत्सव

रञ्जन यादव
222 पाठक संख्या

भारतको अयोध्यामा राम मन्दिरको उद्घाटनका अवसरमा बाराको जीतपुरमा भब्य शोभायात्रा र दिप उत्सव मनाईएको छ ।

पाँच सय वर्षपछि भारतको अयोध्यामा भगवान श्रीरामको मन्दिर बनेर प्राण प्रतिष्ठा र उद्घाटनको खुसियालीमा शोभा यात्रा र दिप प्रज्वलन गरिएको छ ।

पर्सा जिल्लाको बदननगर स्थित रामजानकी मन्दिरबाट सुरु भएको शोभा यात्रा बंगाली बाबाको मन्दिर हुँदै गढीमाई मन्दिर भएर जीतपुर परिक्रममा गरेको थियो । ब्यपारीहरुले आफनो ब्यपार ब्यवसाय बन्द गरी अयोध्यामा राम मन्दिरको उद्घाटनको खुसीयाली मनाएका छन् ।

जीतपुरको बंगाली बाबा मन्दिरमा साँझ ५ हजार १ सय भन्दा बढी दिप प्रज्वलन गरी जय श्रीराम,जय हनुमान,धनुषमा तीर,शुभलाभ लगायत अंकित आकृती बनाईएको थियो ।

त्यस्तै जीतपुरको शान्तिटोल खेल मैदानमा बिभिन्न साँस्कृतिक प्रस्तुती सहित माहाआरती गरिएको थियो ।

Leave a review