हत्यारालाई कारवाहीको माग शव राखेर प्रर्दशन

साझेदारी दैनिक
256 पाठक संख्या

बारा कलैयाका रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै आफन्तजन तथा शुभेच्छुकहरुले कलैयामा प्रदर्शन गरेका छन् ।

आफन्त तथा समर्थकहरुले हत्यामा संलग्न रहेको आरोपितलाई कानुनी दायरामा ल्याउन माग गर्दै बीच बाटोमा शव राखेर प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बारा अगाडीको बीच बाटोमा मृतक कुशवाहाको शव राखेर प्रदर्शन गरिएको हो ।

शैक्षिक संघ संगठन एवम समर्थकहरुले मृतक कुश्वाहाको दोषीलाइ कारबाहीको माग गर्दै २ बजेदेखि प्रदर्शनमा सुरु गरेको एन प्याब्सन बाराले जनाएको छ ।

एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहाले रामराजा क्याम्पस प्रमुखको हत्यारालाई चाँडै कानुनी दायरामा ल्याउनका लागि शव राखेर प्रदर्शन सुरु गरिएको जानकारी दिए ।

यसैवीच शिक्षा क्षेत्रका संघसंगठनहरुले विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्सना गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न माग समेत गरेका छन ।

शुक्रबार साँझ अज्ञात समूहले प्रहार गरेको गोलीबाट क्याम्पस प्रमुख कुश्वाहाको उपचारको क्रममा मृत्यु भएको हो ।

गाउँमा रहेको आफ्नै पोखरीको माछा मारेर कलैयातर्फ फर्किने क्रममा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा उनीमाथि गोली प्रहार भएको थियो ।

Leave a review

This will close in 0 seconds