बारामा सुरक्षा पेट्रोलिङ गस्ती टोली परिचालन

संदिप प्रसाद यादव
356 पाठक संख्या

कलैया : प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै गर्दा हुनसक्ने अवाञ्छनीय गतिविधी रोक्न सुरक्षा सर्तकता बढाईएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा उत्कृष्ट ढंगले सम्पन्न गर्न सुरक्षा निकायले सुरक्षा निगरानी बढाएको हो ।

बाराका चारै निर्वाचन क्षेत्ररु सुरक्षा निकायका संयुक्त टोलीहरु परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । जिल्लाको सवै मतदान स्थलहरुमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रूपमा दैनिक रूपमा सुरक्षा पेट्रोलिङ गस्ती टोली परिचालन गरिएको प्रजिअ मिश्रले जानकारी दिए ।

मतदातालाई सुरक्षित वातावरण प्रदान गर्ने तथा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले उक्त पेट्रोल सञ्चालन गरेका प्रजिअ मिश्रले बताए ।

Leave a review

This will close in 0 seconds