कलैया उपमहानगरपालिकाका यूवाहरुले राम्रो र गुणस्तरीय खाना हुनुपर्ने माग गर्दै आइतबार ज्ञापनपत्र बुझाएका छन् ।
कलैया उपमहानगरका यूवा विद्यार्थि शुभम सिंहको नेतृत्वमा गएको टोलीले कलैया उपमहानगरपालिकाका उपमहानगर प्रमुख विनोद साहलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउन जाने टोलिमा सिद्धान्त यादव,सीवान साह,राजन यादव,रवि चौरसिया,राजा यादव,रोविन यादव लगायतका रहेका छन् ।
राम्रो र गुणस्तरीय खानाले नै स्वास्थ्यलाई राम्रो राख्छ ज्ञापनपत्रमा लेखिएको छ । बजारमा पाइने खाजाहरुमा चटपटे,चिउरा,चना पकौडा आदिलाई प्याक गर्न र खानालाई अखबारको वा छापिएको कागजको प्रयोग गरिन्छ। जस्मा भएको मसीले मानव जीवनमा धेरै घातक रोग निम्ताउन सक्छ,ज्ञापनपत्रमा लेखिएको छ ।
अखबार छाप्न मसीमा सिसा भारी धातु र विभिन्न रसायनको प्रयोग हुने गरेको र जस्ले क्यान्सर जस्तो रोग लाग्ने ज्ञापनपत्रमा लेखिएको छ ।
खाने कुरामा भएको तेलले यसलाई सोस्ने गर्छ । त्यसैले यसको प्रयोगमा प्रतिबन्ध लगाउन ज्ञापनपत्रमा सुझाव दिइएको छ । यस्को विकल्पमा सादा कागजलाई प्रयोग गर्न सुझाव दिइएको छ ।
फास्ट फुड व्यवसायीलाई पञ्जा प्रयोगको निर्देशन दिन माग गरिएको छ । यी सबै कुरा सोचेर उपमहानगरपालिकाले पक्कै पनि राम्रो निर्णय लिने विश्वास ज्ञापनपत्रमा गरिएको छ ।


