बारा प्रहरीले मोटरसाइकल चोरीमा एक जना फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।
प्रहरीले मोटरसाइकल चोरी मुद्दामा अदालतबाट २ महिना ३ दिन कैद सजाय पाएका बाराको बारागढी गाँउपालिका वडा नम्बर १ पिपरा बस्ने अन्दाजी २४ वर्षीय किसनदयाल चौधरीलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

