एक करोड बत्तीस लाख विगो भएको बैकिङ कसुर मुद्दामा फरार रहेको चौलागाई पक्राउ

साझेदारी दैनिक
466 पाठक संख्या

कलैया : बारा प्रहरीले एक करोड ३२ लाख बैकिङ्ग कसुर मुद्दामा फरार रहेको एक प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी नायब निरीक्षक खेमप्रसाद नेपालले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्।

इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक जिवन लामिछानेको कमाण्डमा खटिएको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका वडा नं. ०१ सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाईलाई पक्राउ गरेको हो।

चौलागाई विरुद्ध बैकिङ कसुर मुद्धामा काठमाण्डौ जिल्ला अदालत बबरमहलबाट पक्राउ पुर्जी जारी भएको थियो। गोप्य सूचनाको आधारमा निजगढ न.पा. वडा नं. ०१ सिंगौल स्थित गाँउघरबाट घुमफिर गरी रहेको अवस्थाबाट उनलाई पक्राउ गरिएको हो। उनलाई प्रहरी कर्मचारीको जिम्मा लगाई सिमरा एर्पोटबाट प्लेनद्वारा काठमाण्डौ प्रहरी परिसरमा बुझाइएको जानकारी दिइएको छ।

Leave a review