प्रहरी निरिक्षक तमाङ्गलाई कारवाहीको मांग गर्दै नेकपाद्धारा इप्रका कार्यालय घेराउ

साझेदारी दैनिक
साझेदारी दैनिक 464 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बाराको सिम्रौनगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेन्द्र तमाङ्गको कारवाहीको मांग गर्दै कार्यालय घेराउ गरेका छन् ।

नेकपाका सिम्रौनगढ नगर कमिटिको आयोजनामा सिम्रौनगढमा मंगलवार प्रहरी बिरुद्ध नारा जुलुस तथा इलाका प्रहरी कार्यालयको मुलगेट घेराउ गरि नाराबाजी गर्दै कार्यालय घेराँउ गरेको नेकपाका नेता गगनदेव कुसवाहाले जानकारी दिए ।
तमाङ्ग आए देखि तस्करी फस्टाएको तथा किसानले आफनो खेतीका लागि ल्याउने मल खाद पक्राउ गर्ने,बजारमा चोरीहुदा समेत चोर पक्राउ गर्न आलटाल गर्ने, केही ब्यक्ति र तस्करको इसारामा काम गर्ने जस्ता आरोप लगाउदै नेकपाले बिरोधका कार्यक्रम गरेका छन् ।

कंकाली मन्दिरको प्राङ्गणबाट सयौको संख्यामा रहेको नेता तथा कार्यकर्ता र स्थानियहरुको सहभागितामा निस्केकोे जुलुसमा प्रहरी निरिक्षक तमाङ्ग चोर कुर्सी छोड भने नारा लगााउदै सिम्रौनगढ बजार परिक्रमा गर्दै इप्रकाको मुल गेटमा नारा बाजी गरेका थिए ।

नेकपाका बाराका जिल्ला सदस्य श्याम किशोर यादवको अध्यक्षतामा सम्पन्न कोण सभामा भोजेन्द्र यादव,शेख मोतिम,बतहु यादव,राजेश कुशवाहा,तारा चन्द्र साह,गगनदेव कुशवाहा,महेन्द्र जयसवाल,देवशरण साह लगायतकाले प्र.नि.तमाङ्गको करतुतका बारे आलोचना गर्दै कारवाहीको माग गरेका थिए।

आयोजित कोण सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्र्चाज डा.गोपाल ठाकुरले तमाङ्ग जस्ता भ्रष्ट प्रहरी निरिक्षकका कारण सिम्रौनगढ बदनाम भईरहेको तथा प्रहरी संगठन समेत बदनाम भईरहेकोले तत्काल यहाँबाट सरुवा गर्न माँग गरे ।

भष्टहरुलाई कार्यवाही गराउन कुनै कसर बाँकी नराख्ने बताउदै ठाकुरले तमाँङको तस्करहरुसंग साटघाट रहेको दावी गरे । निरिक्षकलाई तत्काल सरुवा र कार्यवाही भएन भने अर्को चरणको आन्दोलन गर्न बाध्य हुने नेता डा.ठाकुरको भनाई रहेको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review