क्याम्पस प्रमुख कुशवाहा हत्यामा प्रयोग भएको पेस्तोल सहित एक जना पक्राउ

साझेदारी दैनिक
364 पाठक संख्या

रामराजा (मो.वि.शा) बहुमुखि क्याम्पस कलैयाका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण प्रसाद कुशवाहालाई गोली हानी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा बारा प्रहरीले हतियार सहित थप एकजनालाई पक्राउ गरेको छ ।

हत्या गरेको घटनामा प्रयोग भएको पेस्तोल सहित बारागढी गा.पा.वडा न. ५ पथरा टोलमा बस्ने ४२ बर्षिय हरिन्दर महरा चमारलाई जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले चमारको साथबाट कटुवा पेस्तोल एक थान १,अटोमेटिक मेस्तोल युएसए लेखिएको पेस्तोलको चेम्बरमा गोली राउण्ड एक लोड भएको पेस्तोल थान – १ सो मा लाग्ने म्यागजीन थान– १ बरामद भएको बारा प्रहरीले जनाएको छ ।

पक्राउ गरिएको चमार ज्यान सम्बन्धी तथा हातहतियार खरखजाना सम्बन्धी कसूर मुद्दामा सम्मानित जिल्ला अदालत बाराबाट म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिएका छन।

क्याम्पस प्रमुख कुशवाहाको गत जेठ ३२ गते १७ः१५ बजेको समयमा जिल्ला बारा आदर्शकोतवाल २ खजुरीयाबाट कलैया आउने क्रममा अज्ञात समुहले गोली प्रहार गरी हत्या गरेको थिए ।

कुशवाहा हत्या घटनामा संलग्न रहेको आशंकामा बारा प्रहरीले यसअघि पनि सात जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a review