Sajhedari Daily
Latest News from Nepal

मुकेश चौरसियाको हत्यारालाई कारवाही गर्न माँग गर्दै लागातार धर्ना जारी,शबको पोष्टमार्टमसमेत भएन

राम मण्डल/

गत बिहीबार झडपमा परि कुटपिटबाट हत्या गरिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य तथा बिन्बासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारालाई कावाही गर्न आन्दोलन जारी रहेको छ ।चौरसियाको हत्यारा बिरुद्ध प्रहरीले जाहेरी दर्ता गर्न समेत नमानेपछि उनका आफन्तजन तथा नेकपा पर्साले धर्ना कार्यक्रम गरेको छ ।

गत बिहीबार कुटपिटबाट घाईते भएका चौरसियाको शुक्रबार बिहान वीरगञ्जको अस्पतालमा मृत्यु भएको थियो ।शुक्रबारदेखि नै उनका आफन्तजनले जिल्ला प्रहरीमा जाहेरी दर्ता गराउन जादा प्रहरीले आनाकानी गरि दर्ता गरेको थिएन ।सो दिन नेकपाका स्थायी समिति सदस्य एवम साँसद मातृका यादवले समेत प्रहरीलाई जाहेरी दर्ता गर्न आग्रह गरेको भएपनि पर्सा प्रहरीले दर्ता गरेन ।

त्यसको भोलिपल्ट शनिबार नेकपा पर्सा तथा उनका आफन्तजनहरुले जिल्ला प्रहरी कार्यालयको गेट अगाडि धर्ना दिएका थिए ।बिहान ११ बजेदेखि शुरु भएको धर्ना दिनभरि चलेको थियो ।सो क्रममा धर्नामा नेकपा साँसद मातृका यादव,नेकपा प्रदेश २ का सह ईञ्चार्ज नागेन्द्र चौधरी,केन्द्रिय सदस्य डाक्टर गोपाल ठाकुर,पर्सा ईनचार्ज रामचन्द्र साह तेली,पर्सा सचिव बिजय महतो,नेकपा वीरगञ्जका अध्यक्ष रहबर अन्सारी लगायतको पनि सहभागिता रहेको थियो ।

प्रहरीले शनिबार समेत जाहेरी दर्ता नगरेपछि धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेताहरुले जाहेरी दर्ता नगरेसम्म आन्दोलन जारी राख्दै आन्दोलनलाई प्रहदेश २ हुदै देशब्यापी बनाउने चेतावनी दिएका थिए । गृह मन्त्री देखि डिआईजी र प्रमुख जिल्ला अधिकारीले पनि आफुलाई जाहेरी दर्ता हुने भनी आशवासन दिएको भएपनि अहिलेसम्म प्रहरीले मुदा दर्ता नगरेको धर्ना कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपाका साँसद मातृका यादवले जानकारी दिएका थिए ।

उनले प्रहरीले जाहेरी दर्ता नगरेपछि आक्रोशसित हुदै आन्दोलनलाई देशब्यापी गर्ने चेतावनीसमेत दिएका थिए ।पर्सा प्रहरीले गृहमन्त्रदिेखि डिआईजी सिडियोको समेत आदेशलाई नमानेर आफुखशी जाहेरी दर्ता गर्न आनाकानी गरिरहेको यादवको आरोप थियो । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का सह ईञ्चार्ज नागेन्द्र चौधरीले आफुहरुले न्यायको माँग गरिरहेको बताउदै प्रहरी प्रशासनलाइ तुरुनतै जाहेरी दर्ता गर्न आग्रह गरेका थिए ।

उनले जाहेरी दर्ता नभए बिस्तारै आन्दोलनलाई सशक्त बनाउदै लैजाने पनि उदघो्ष गरेका थिए ।चौरसियाको हत्यारालाई कानुनी कारवाही गराउनको लागि दशैंको बेलामा पनि आफुहरु न्याय खोज्दै आन्दोलनमा रहेको बताएका थिए ।कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य गोपाल ठाकुरले चौरसियाको हत्यारालाई कारवाही गराउन र जाहेरी दर्ता गराउनको लागि नेकपा बारा जिल्लाले पनि आन्दोलन गर्ने बताएका थिए ।

उनले डिआइृजी सिडियो लगायतले मुदा दर्ता गर्न भनेको भएपनि पर्सा प्रहरीले दर्ता नगरेर आफनो नालायकपना देखाएको आरोप लगाएका थिए । चौरसियाको गत बिहीबार बिन्दबासिनी गाउँपालिकामा राखिएको नेकपाको सपथ ग्रहण कार्यक्रममा भएको झडपमा परि घाईते भई उनको मृत्यु भएको थियो ।

चौरसियाको सुनियोजित तरिकाले कुटपिट गरि हत्या गरिएको भन्दै उनका आफन्तले प्रहरीमा जाहेरी दिन जादा पर्सा प्रहरीले हालसम्म पनि जाहेरी लिन मानेको छैन ।चौरसियाको शबलाई पो्ष्टमार्टमको लागि अहिले वीरगञ्जको नारायणी अस्पतालमा राखिएको छ ।

उनका आफन्तजनले दोषीहरुमाथि जाहेरी दर्ता नभएसम्म शब नबुझने र पोष्टमार्टम पनि हुन नदिने अडान राख्दै कारवाहीको माँग गर्दै आएका छन ।

यसैबीच आईतबार पनि नेकपा पर्सा वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा जिल्ला प्रहरी अगाडि धर्ना दिइएको छ ।हत्यारालाई कारवाही गर्न तथा मुदा दर्ता गराउन आन्न्दोलन स्वरुप धर्ना दिइएको थियो ।