कलैया : श्रमजिवी बहुउद्देश्यीय सहकारी संस्थाको आफ्नो ४ औं संस्था स्थापना दिवसको अवसरमा अमृता अनाथ आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ ।
बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ४ मा रहेको अमृता अनाथ आश्रमका बाल बालिकाहरुका लागी सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा आइतबार एक कार्यक्रम बीच खाद्यान्न सामाग्री वितरण गरेको हो ।
उक्त कार्यक्रम श्रमजिवी बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको थियोे । श्रमजिवी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सदाम हुसेन मंसुरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि शुभकार्य बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कोषाध्यक्षमा श्रवण कुमार साह रहनु भएका थिए ।
स्थापना दिवसको अवसरमा सहकारीले २ बोरा चामल,१ कार्टुन बिस्कुट,१ कार्टुन चाउचाउ,५ किलो मसुरीको दाल,१ किलो भुजा,र एक किलो सोयाबिन खाद्यान्न सामाग्री अमृता अनाथ आश्रमकी अध्यक्ष फुलमती बस्नेतलाई हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष सदाम हुसेन मंसुरले जानकारी दिएका छन् ।
स्थापना दिवसको अवसरमा छुट सुविधामा नयाँ सदस्यतामा प्रवेश निःशुल्क,असल ऋणीलाई प्रोत्साहन सम्मान गर्ने,हर्जाना बुझाउने ऋणीलाई हर्जाना ५०% छुट र यो सुविधा २०८१ भदौ २३ गते देखि असोज १ गते सम्म लागु हुने उनले बताए ।
उक्त कार्यक्रममा आलिम मिया,नाजिर हुसेन मिया,नौसाद मंसुर र कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

