घरेलु तथा साना उद्योगमा छ सय एकावन उद्योग दर्ता,उद्योग दर्तामा कमी

संदिप प्रसाद यादव
250 पाठक संख्या

घरेलु तथा साना उद्योग कार्यालय बारा कलैयामा आर्थिक वर्ष २०७९÷८०भन्दा चालु आर्थिक वर्ष०८०÷०८१ मा उद्योग दर्तामा कमी आएको छ ।

घरेलु तथा साना उधोग कार्यालय बाराले आर्थिक वार्षिक २०८०÷०८१ को प्रगति समिक्षा गोष्ठी कार्यक्रममा यसबारे जानकारी दिएको हो । स्वदेशी उत्पादन अभियान,उधमीको सम्मान नाराका साथ उद्योगमा आउने समस्यालाई समाधान गर्ने र सुझाव सहित शुक्रबार सो गोष्ठी गरिएको हो ।

प्रगति समिक्षा गोष्ठी कलैया उपमहानगरपालिका वार्ड नम्बर –४ स्थित रहेको घरेलु तथा साना उद्योग कार्यालयको सभा हलमा भएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख उद्योग अधिकृत धर्मेन्द्रलाल कर्णले वार्षिक प्रगति समिक्षा प्रस्तुत गरेका हुन् । उनले चालु आर्थिक वर्षको असार १५ गतेसम्मको प्रगति विवरण प्रस्तुत गरेका हुन् ।

कर्णको प्रगति विवरणमा गत वर्ष आठ सय ९९ वटा उद्योग दर्ता भएको उल्लेख छ । चालु आर्थिक वर्षमा छ सय ५१ उद्योग दर्ता भएको प्रगति विवरणमा लेखिएको छ ।

कर्णले बासको हस्तकला,जेन्स पार्लर,पापड बनाउने,डल तथा कुशन बनाउने,माछा पालन,पापड बनाउने,सिलाइ कटाई,कपडाको झोला बनाउने जस्ता सीप विकास तालिम गराएको जनाएका छन् । उद्यमी सृजना तथा सिप विकास तालिम बेसीसमा महिला एक सय ३५ र पुरुष ३७ जना गरी एक सय ७२ जनाको उक्त तालिमहरुमा सहभागी रहेको उनले जनाए ।

गत वर्ष भन्दा यस वर्ष तालिममा ५७ प्रतिशत वृद्धि भएको उनले जनाए ।

उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साहले पर्यावरण मैत्री तालीम गराउन सुझाव दिए । उनले तालिमले मानिसलाई दक्ष बनाउने भएकोले सिपलाई व्यवहारमा उतारे नउतारेको कुराको अनुगमन गर्न सुझाव दिएका छन् ।

जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद शर्माले विमानस्थलबाट आउने पर्यटकलाई दृष्टिगत गर्दै कोसेली,उपहार कसरी बनाउने विषयमा सिपमुलक तालिम दिन आग्रह गरे । उनले प्लाष्टिकको झोलालाई विस्थापित गर्न कपडाको झोला बनाउने किसिमको तालिम दिन सुझाव दिए ।

सो अवसरमा सिम्रौनगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु प्रसाद,सदस्य अशोक ठाकुर,प्रसौनी उधोग वाणिज्य संघका महासचिव केदार गौतम, जहो कृषि फर्मका मनोज साह, कुशवाहा स्टोरका प्रमोद कुशवाहा कम्प्युटर अपरेटर उपेन्द्र यादवको विशेष उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न् संघ संस्थाका सदस्य तथा प्रतिनिधि,उद्योगीहरु लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालय बाराका सहायक शाखा अधिकृत अमोद कुमार यादवले गरेका थिए ।

Leave a review