प्रहरीद्वारा अलपत्र वृद्ध महिलाको उद्दार

संदिप प्रसाद यादव
295 पाठक संख्या

बारा प्रहरीले अलपत्र अवस्थामा रहेको वृद्ध महिलाको उद्दार गरेको छ।

प्रहरीले जिल्लाकोकलैया उप–महानगरपालिका वडा नम्बर ३ बैजनाथपुर बस्ने ८० वर्षकि खेदिया धानुकलाई कलैया उप–महानगरपालिका वडा नम्बर १८ पतौराबाट अलपत्र अवस्थामा उद्धार गरी परिवारजनको जिम्मा लगाएको छ।

जिल्ला प्रहरी कार्यालय बारा र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रबाट खटिएका प्रहरी टोलिद्वारा उद्दार गरी उनका छोरा ४५ वर्षीय रुपनारायण मण्डलको जिम्मा लगाई पठाईएको बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds