बाराको कलैयामा शनिबार रक्तदान तथा रक्तचाप परीक्षण शिविर सम्पन्न भएको छ ।
काठमाण्डौ चाबहिल सिटी लायन्स तथा लियो क्लब,ग्यालेक्सी पब्लिक स्कुल र ग्यालेक्सी बिजनेस कलेजको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
लायन्स वर्ष २०२४/०२५ को साप्ताहिक कार्यक्रम अन्तर्गत यो पहिलो कार्यक्रम हो । प्रादेशिक अस्पताल कलैयाको रक्तसञ्चार शाखाको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम भएको हो ।
ग्यालेक्सी पब्लिक स्कुल कलैयाका विधालय व्यवस्थापन समितिका अध्यक्ष एवं डिस्ट्रिक ब्लड डोनेसन कमिटीका चेयरपर्सन लायन्स महावीर रिसालको अध्यक्षतामा सो कार्यक्रम भएको हो । रक्तदान कार्यक्रमको ग्यालेक्सी पब्लिक स्कुल कलैयाका प्रधानाध्यापक नम्रता रिसाल तथा नेपाली काङ्ग्रेस बारा क्षेत्र नम्बर ४ ख का सभापति लुकेश सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सो कार्यक्रममा हिरालालसाह तेली,सलमान मन्सूर,सुरिन्द्रप्रसाद यादव,संजय कुमार केशरी,मुकेश साह,सरोज साह,राजन राज केशरी,रोचक खनाल,राजेन्द्र पन्थी,सुनिल कुमार साह,सुनिल पटेल,रुपेश भट्टराई,बिबेक तिवारी,अप्सना अधिकारी र उत्तम कटवाल लगायताकाले रक्तदान जीवनदान भन्ने मूल नाराका साथ रक्तदान गरेका हुन् ।
उक्त रक्तदान कार्यक्रममा तीन महिला सहित ४२ जनाले रक्तदान गरेको प्रादेशिक अस्पताल कलैया रक्तसञ्चार शाखाका प्रमुख नजदा खातुनले बताएकी छिन् ।
कलैया उपमहानगरपालिका वार्ड नम्बर १ का वार्ड सदस्य शशी दास,प्रादेशिक अस्पताल कलैया ल्याब शाखाका प्रमुख शेख फुलमहम्मद,ल्याब असिस्टेन्ट कृष्ण यादव,डाक्टर शेख गुल महम्मद, कलेज र स्कुलका शिक्षक कर्मचारी,स्थानीयबासिहरु लगायतको उपस्थिति रहेको थियो ।
गएको जेष्ठ १ देखि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले कलैया ब्लड बैंकमा कर्मचारी तथा सामाग्री मेसिन सहित दुई जना ल्याब टेक्निसियन नजदा खातुन र ल्याब असिस्टेन्ट कृष्ण यादवलाई पठाएको छ । यसपछी नियमित सेवा सुचारु भएकोमा बाराबासि हर्षित भएका छन् ।
यसरी अस्पतालमा रक्त सञ्चार संचालनमा आएपछि बारादेखी पर्सा सम्मका बिरामीहरु लाभान्वित भएका छन् ।वीरगंजबाट समेत बिरामीहरु रगतको अभाव भएपछी कलैया ब्लड बैकमा रक्त पाएपछी खुशी महसुस गर्ने गरेको ल्याब ईन्चार्ज शेख फुलमहम्मदले बताए ।
दैनिक ब्लड बैंक कलैयाबाट ५ देखि ७ जना बिरामीहरुले रक्तसंचारबाट सेवा लिदै छन्। अपरेशन,रक्तअल्पता भएको तथा प्रस्तुतिमा बढी रक्तको खपत भएको प्रमुख खातुनले बताईन ।

