गहवामाईको रथयात्रा निकालियो

साझेदारी दैनिक
202 पाठक संख्या

वीरगञ्जमा रहेको प्रसिद्ध गहवामाईको बाजा गाजाका साथ आइतबार रथ यात्रा निकालिएको छ ।

बाजागाजा तथा बिभिन्न सजावटका साथ गहवामाईको रथायात्रा निकालिएको हो ।

गहवामाई मन्दिरको १२ औ बाषिकोत्सवको अवसरमा बिशाल रथयात्रा निकालिएको थियो । विहान साढे ६ बजे प्रारम्भ भएको रथयात्राका सहभागिहरुले नगरका विभिन्न प्रमुख स्थानहरुको परिक्रमा गरेका थिए ।

वीरगञ्ज घण्टाघर,रेल्वे रोड,अमर चौक,छपकैया चौक,बिर्ता चौक,आदर्शनगर चौक,महाविरस्थान लगायतका ठाउँको परिक्रमा हुदै पुनः गहवामाई मन्दिरमा पुगेर टुङ्गिएको थियो ।

रथायात्राको लागि असार २३ गते आईतबार र सोमबारका दिन वीरगञ्ज महानगर क्षेत्रभित्र माछामासु,मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।

महानगर मातहत रहेका विद्यालयहरुमा समेत आईतबार रथयात्राकै लागि बिदा समेत दिइएको थियो ।

Leave a review