मोटरसाइकल र मैजिक एकापसमा ठोक्किदा एक जनाको मृत्यु

साझेदारी दैनिक
295 पाठक संख्या

करण कुमार मिश्र/

गौर–चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत रौतहटको सबगढा दालमिल नजिक मंगलबार सडक दुर्घटना भएको छ । सो दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

रौतहटको गौर नगरपालिका–६ सबगढाबाट बमनहरतर्फ आउँदै गरेको ना १ ज ७१०९ नम्बरको यात्रुबाहक मैजिकमा विपरीत दिशातर्फ गइरहेको बिआर०६ डिए ७६६४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।

मोटरसाइकल चालकको टाउकोमा गम्भीर चोट लागेर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुने मोटरसाइकल चालक भारत जिल्ला मोतिहारी बन्जरिया निवासी वर्ष ४० का सुशील यादव रहेका छन् ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको जिल्ला अस्पताल गौर ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

यता मैजिक चालकलाई जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a review

This will close in 0 seconds