पूर्व संविधान सभा सदस्य पराजुलीले दिए होलीको शुभकामना

संदिप प्रसाद यादव
331 पाठक संख्या

संविधान सभा सदस्य डा.शोभाकर पराजुलीले देश,विदेश तथा बाराबासीमा रंग उमंगको पर्व होलीको शुभकामना दिएका छन् ।

पराजुलीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी रंगीन पर्व होलीको शुभकामना दिएका हुन् ।

हाम्रो सांस्कृतिक,धार्मिक,सामाजिक,पारम्परिक पर्व “होली“ कोे मंगलमय शुभकामना व्यक्त गरेका हुन् ।

यो रंगिन पर्व हो,रंगको पर्व हो । यसलाई उल्लासमय रुपमा मनाऔं । यो पर्वले आपसमा सद्भाव,प्रेम,मेलमिलाप मानवतावाद,भाइचारा, भातृत्वको अझ बढी अभिवृद्धि गरोस् भनी उनले शुभकामना दिएका हुन् । सबैमा खुसी,सुख,आनन्द,समृद्धि,उमंग,उत्साह जगाओस् उनले बताए ।

हामीमा रहेको कलेश,रोष,काम, क्रोध,मद,मोह, लोभ,अहंकार,इष्र्याभाव जस्ता दोष निवारण होस पराजुलीले विज्ञप्तिमा लेखेका छन् ।

हाम्रो जीवनलाई विनम्र,शालीन,प्रेमिल,न्यायिक, सार्थक बनाउने प्रेरणा इश्वरले दिउन् । यही नै होली २०८० को पावन अवसरमा सबैमा सबैको कल्याण होस् उनले विज्ञप्तिमा लेखेका छन् ।

Leave a review