त्रिशुली नदीमा बेपता एन्जल बसका चालक जवाहिरको कुशको शब बनाई दाह सँसकार

राम मण्डल
280 पाठक संख्या

गत शुक्रबार वीरगञ्जबाट काठमाडौं जादै गरेको दुर्घटनामा परेको एन्जल डिलक्स बसका चालक जवाहिर महतोको कुशको शव बनाएर दाह सँस्कार गरिएको छ ।

उनको शुक्रबार कुशको शव बनाएर हिन्दु रिति रिवाज अनुसार दाह सँसकार गरिएको हो ।महतो गत शुक्रबार बिहान साढे तीन बजेको समयमा वीरगञ्जबाट काठमाडौं बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरका बसका चालक थिए ।

उनी पनि यात्रुहरुसँगै दुर्घटना भएकै दिनदेखि बेपता रहेका छन । उनको शव फेला पर्न लामो समय लागेपछि महतोको कुशको शव बनाएर परिवारजनले दाह सँस्कार गरेका हुन।

वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने महतोले चलाएको एन्जल बस गत शुक्रबार बिहान चितवनको भरतपुर महानगरपालिका–२८ सिमलतालमा लेदोसहितको पहिरोले बगाएर त्रिशुली नदीमा खसाएको थियो । दुर्घटनामा परि बसका चालकसहित यात्रुहरु समेत बेपता भएका थिए ।

Leave a review

This will close in 0 seconds