भुमि आयोग बाराको अध्यक्षमा घले नियुक्त नेकपा एमाले बाराका नेताहरुबाटै असन्तुष्टि

रञ्जन यादव
431 पाठक संख्या

जीतपुरसिमरा : सरकारकाले भुमि समस्या समाधान आयोग गठन गरेसंगै बारामा आयोगको जिम्मेवारी दिएको छ ।

आयोगको बारा अध्यक्षमा नेकपा एमालेबाट भरत बहादुर घले नियुक्ती पाएका छन। उनले सपथ समेत खाईसकेका छन ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा ७१ जिल्लाका भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरूलाई भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शपथ गराएका हुन् ।

अध्यक्षमा घले नियुक्त भएसंगै उनकै पार्टीबाट बिरोधका स्वरहरु सुन्न थालिएको छ। यस भन्दा अगाडी नेकपा एमालेबाट भुमि समस्या समाधान आयोग बाराका अध्यक्ष बनेका अम्बीका चौलागाँईले घलेको नियुक्ति प्रती प्रश्न चिन्ह खडा गरेका छन् ।

उनले एउटा फेसबुक स्टाटस लेख्दै “एमाले बिरुद्ध चुनाव लडेको ब्यक्ति आज भुमि आयोगको अध्यक्ष रे ? ” भन्दै आफनो असन्तुष्टि पोखेका हुन् । भुमि समस्या समाधान आयोग बाराका अध्यक्ष बन्ने होड्बाजीमा रहेका चौलागाँईले आफुले नेता रिझाउँन नसक्दा पद पाउँन नसकेको बताएका छन् ।

नव नियुक्त अध्यक्ष घले बि.स. २०७४ सालको निर्वाचनमा आफनै पार्टीबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका सुन्दर बिश्वकर्मा बिरुद्ध बागी उम्मेदवारी दिएका थिए ।

भुमि समस्या समाधान आयोग बाराका पुर्ब अध्यक्ष रहेका चौलागाँईले पार्टी बिधान तथा नितीनियम बिपरित चलेको आरोप लगाए । जसले नेताको दलाली गर्न सक्छ वा चापलुसी गर्न सक्छ उ मात्र पार्टीमा स्थान पाउँने परम्परा बस्ने हो भने,पाटी कहाँ पुग्छ भन्नी प्रतीप्रश्न गरे ।

यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ निवासी तथा नेकपा एमालेका स्थानीय नेता रमेश सापकोटाले नवनियुक्त अध्यक्ष घलेप्रती ईङ्कित गर्दै, “फेरी पनि म माथि ठुलै धोका ” “म अर्को संसदिय चुनावमा बालक चिन्ह लिएर पार्टीको बिरुद्ध चुनावमा उठ्छु अनी भुमी समस्या समाधान आयोगको अध्यक्ष ग्यारेन्टी बन्नेछु जय होस नेकपा एमालेको ”भन्दै फेसबुक स्टाट्स लेखेका छन् ।

यता आयोग बाराको नव नियुक्त अध्यक्ष घलेले २०७४ सालको निर्वाचनमा आफु पार्टी विरुद्ध उम्मेदवारी दिएको नभई ब्यक्ति बिरुद्ध उम्मेदवारी दिएको बताएका छन । तत्कालिन त्यो बेला पार्टीको तर्फबाट उम्मेदवारी दिएका सुन्दर बिश्वकर्मा राम्रो उम्मेदवार नभएका कारण त्यो बेला आफु बागी उम्मेदवार बनेको बताए । छिनछिनमा पार्टी पारिवर्तन गरिरहने मानिस राम्रो उम्मेदवार कहिले हुन सक्छ भन्नी घलेले प्रतिप्रश्न गरेका छन ।

उनले अम्बिका चौलागाँई र रमेश सापकोटाले कुरा नबुझेर बिरोध गरिरहेको बताए । उनले साबिक अम्लेखगंज गा.बि.स.को अध्यक्ष भएर कुशल तरिकाले गा.बि.स. चलाएको र पार्टीमा गरेको कर्म,मिहिनेत तथा परिश्रमलाई सम्झेर सम्मान स्वरुप पाटीले भुमि समस्या समाधान आयोग बाराको अध्यक्षको जिम्मेवारी दिएको जिकिर गरे ।

अध्यक्ष घलेले आफुले फोन सम्पर्क गरी चौलागाँई र सापकोटालाई फेसबुक स्टाटस हटाउँन अनुरोध गरिसकेका उहाँहरु चाडै हटाउँने बिश्वास ब्यक्त गरे ।

भुमि समस्या समाधान आयोग बाराको अध्यक्ष बन्ने होडबाजीमा अम्बीका चौलागाँइ र रमेश सापकोटा थिए । यि तिनै जनाको नाम भुमि समस्या समाधान आयोग बाराको अध्यक्षको लागि सिफारिस भएको थियो ।

Leave a review