बकुलिया बिद्यालयलाई २० थान पंखा बितरण

रञ्जन यादव
344 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाको बजनीमा रहेको असोक स्टिल उद्योगले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत श्री ने.रा.नमुना मा.बि.बकुलियालाई २० थान पंखा बितरण गरेको छ ।

जीतपुरसिमरा लायन्स क्लबको सहकार्यमा बिद्यालयलाई पंखा बितरण गरिएको हो ।

बिद्यालयको सभा हलमा एक कार्यक्रमको आयोजना गरी बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तथा वडा नं.५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीलाई पंखा हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा लायन्स क्लबका प्रतिनिधि,शिक्षक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Leave a review