बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा कोरानाका कारण एक जनाको ज्यान गएको छ । नगरको वडा नम्बर ४ स्थाई घर भएका ५५ बर्षे शेख समी उल्लाह ननकको बिहिबार बिहान ज्यान गएको हो । सुगर र प्रेसरका बिरामी उल्लाह केही दिनदेखी बिरामी अवस्थामा थिए ।
बुधबार उनी सिकिस्त भएपछी बिरगञ्ज स्थित नारायणी उपक्षेत्रिय अस्पताल पुर्याइएको हो । अस्पतालमै ज्यान गएपछी उनको कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको वडा नम्बर ४ का वडा सदस्य नसिम मियाले जानकारी दिए ।
उनको सिमरा चौकमै मासु पसल समेत छ । सिमरा स्थित एनसीसी बैँकको छेउमा रहेको मासुपसलमा उनी बिरामी परेदेखी उनका छोराहरुले मासुपसल चलाईरहेको थिए ।