Sajhedari Daily
Latest News from Nepal

लागु औषध सहित दुई युवक पक्राउ

पर्सा प्रहरीले कारमा ल्याइएको लाग ुऔषध सहित वीरगञ्जबाट दुई जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ बाईपासबाट बा.४ च १०२१ नम्बरको कारबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर हेटौडा उप महानगरपालिका–३ बस्ने २६ बर्षिय सुमन न्यौपाने र २८ बर्षिय रोशन लामालाई पक्राउ गरेको हो ।

उनीहरु चढेर आएकाको कारलाई चेकजाँच गर्नेक्रममा प्रहरीले लागुऔषध विनसिरेक्स ११० एमएलको २ सय ३७ बोतल र नाईट्राभेट ट्याब्लेट ६०० पिस कार्टुनमा प्याकिङ गरि सिटुमुनि राखिएको अवस्थामा बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

लागुऔषध सहित पक्राउ परेका दुबै जनालाई लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

Comments are closed.

error: Content is protected !!