जीवन ज्योति बचत तथा ऋण सहकारी संस्थाले शनिबार सिद्धेश्वर मन्दिरमा वृक्षारोपण गरेको छ ।
बाराको कलैया उपमहानगरपालिका –३ मा रहेको सिद्धेश्वर मन्दिर प्राङ्गणलाई फुलवारी बनाउने योजना अनुसार जीवन ज्योति बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमका बिच वृक्षारोपण गरेको हो ।
जीवन ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दिलिप कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साहले विरुवा रोपी उद्घाटन गरेका थिए ।
सो मन्दिर प्राङ्गणमा करिब ३ सय बिरुवा लगाइएको छ। आवश्यक सौन्दर्यताका लागि ब्यवस्थापन गरिने कार्य गरिरहेको अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।
सिद्धेश्वर मन्दिरको प्राङ्गणमा सौन्दर्यता बढेपछि धार्मिक तथा बाहिरको पर्यटक समेत बढ्ने र पर्यटनको समेत विकास हुने उनले जानकारी दिए ।
उक्त वृक्षारोपण कार्यक्रममा सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिन्द्रनाथ शर्मा,सहकारी संस्थाका उपाध्यक्ष भरत लाल अग्रवाल,सचिव शिवजी प्रसाद यादव,कोषाध्यक्ष नविन कुमार अग्रवाल,सदस्य गोपाल ठाकुर,सुभाष जैसवाल,धर्मेन्द्र कुमार तिवारी,अनिल कुमार कलवार,असलम मंसुर,अजेन्द्र प्रसाद यादव,रविन्द्र कुमार मिश्र,पवन कुमार मिश्र,पवन कुमार अग्रवाल,डा.बद्री प्रसाद दास,ज्ञान प्रकाश चौधरी,निरंजन कुमार अग्रवाल,संतोष सर्राफ तथा संस्थाका व्यवस्थापक रुपेश कुमार कर्ण लगायतकाको सहभागिता रहेको थियो ।
संस्थाले हरेक बर्ष विभिन्न सामाजिक कार्यहरू गर्दै आएको अध्यक्ष चौधरीले बताए ।

