Sajhedari Daily
Latest News from Nepal

आन्तरिक राजश्व कार्यालय सिमराले उत्कृष्ट करदाताहरुलाई सम्मान

रञ्जन यादब /
आन्तरिक राजश्व कार्यालय सिमरा बाराले आफना उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ ।नवौँ राष्ट्रिय कर दिवसको समापन कार्यक्रममा विभिन्न करदाताहरुलाई सम्मपान गरेको जनाएको छ । कार्यालयले बारा स्थित समता लघुुबित्तिय संस्था सिमरा र रौतहट स्थित मनोज बिज भण्डार,गरुडालाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको कर अधिकृत बलराम यादबले जानकारी दिएका छन ।

स्वच्छ, पारदर्शी र प्रबिधिमैत्री कर प्रशासन ःबिकास ,समृद्धि र सुुशासन मुुख्य नारा तय गरिएको कार्यक्रममा समता लघुुबित्तिय संस्थाका सञ्चालक समितीका अध्यक्ष डिएमफेवे लिम्बुु र मनोज बिज भण्डारका सञ्चालक मनोज कुुमारलाई सम्मान गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय सिमराले आफनो कार्यालय कक्षमै आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुुख नारायण प्रसाद भण्डारीले दुुबै करदातालाई सम्मान गरी उत्कृष्ट करदाताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

यस्तै कार्यालयले कर्मचारीहरुको तर्फबाट कर अधिकृत बलराम यादबलाई सम्मानित गरेको छ । बिभिन्न कार्यसम्पादन सुुचाङगको आधारमा आन्तरिक राजश्व कार्यालय सिमरा देशकै दोस्रो उत्कृष्ट कार्यालयमा परेको छ । अन्य आर्थिक बर्षमा कार्यालयले बिभिन्न कार्याक्रम गरि साप्ताह ब्यापी कर दिवस मनाउँने गरे पनि यसपालि कोरोना भाईरस संक्रमणका कारण आन्तरिक राजश्व कार्यालय सिमराले कुुनै किसिमको कार्यक्रमको आयोजना गरेन ।

बिभिन्न सञ्चारमाध्यमहरुको सहयोगले कार्यालयले आफना सन्देश तथा सुुचनाहरु प्रसारण गरि मनाएको आन्तरिक राजश्व कार्यालय सिमरा ,बाराका लेखा अधिकृत राजेन्द्र कुुमार कार्कीले जानकारी गराए । आन्तरिक राजश्व कार्यालय सिमराको कार्य क्षेत्र बारा र पर्सा गरी दुुई जिल्ला रहेका छन् ।