जमनत पार्टी बाराले मनायो बलिदानी दिवस

साझेदारी दैनिक
183 पाठक संख्या

कलैया : जनमत पार्टी बाराले बाराको कलैयामा सोमबार एक कार्यक्रम गरी बलिदानी दिवस मनाएको छ । जनमत पार्टी बाराका शिवनाथ पटेलको अध्यक्षतामा कलैयाको भरत चोकमा सांझ दिप प्रज्जवलन गरी उक्त दिवस मनाईएको हो ।

कार्यक्रममा पार्टीका नेता प्रमोद गुप्ता, पारस साह, रामबाबु साह, शन्तोष पटेल, प्रभुनाथ पटेल, सुजित पाण्डेय, बिकास सिंह , सुरेन्द्र पटेल, महिला नेतृ रौशन खातुन लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सोही अवसरमा पार्टीले बारा कलैयामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा शहीदहरूको तस्बिरमा माल्यार्पण गरी उनीहरूको योगदानलाई सम्झना गरिएको थियो। पार्टीका नेताहरूले देश र समाजका लागि बलिदान दिने वीर शहीदहरूको त्याग सधैं प्रेरणादायी रहने बताए।वक्ताहरूले सामाजिक न्याय, अधिकार र परिवर्तनका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

यसैबीच ज.स.पा नेपालका केन्द्रीय सदस्य डा.कमरुला अन्सारी र प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश अध्यक्ष हसनजा मिया पार्टी परित्याग गरी जनमत पार्टी बारामा प्रवेश गरेका छन । उनीहरुलाई पार्टीका नेता प्रमोद गुप्ता, शिवनाथ पटेल , प्रभुनाथ पटेल लगायतकाले टिका लगाएर पार्टी प्रवेश गराएका हुन ।

Leave a review