निशुल्क आँखा परिक्षण शिबिरमा ६५ जनाले आँखाको परिक्षण

रञ्जन यादव
436 पाठक संख्या

लायन्स क्लब अफ जीतपुरसिमराले छातापिपरामा गरेको निशुल्क आँखा परिक्षण शिबिरमा ६५ जनाले आँखाको परिक्षण गराएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१० छातापिपरा स्थित स्वास्थ्य चौकी सहकार्यमा भएको शिबिरमा आखाँ परिक्षण गराएका मध्ये ३५ जनामा मोतियाबिन्दु देखापरेको लायन्स क्लबका संजय कुमार साहले जानकारी दिए ।

मोतियाबिन्दु देखिएका मध्ये १८ जनाले मातृका आई फाउन्डेसनमा शल्यक्रिया गराएको उनले बताए ।

त्यस्तै लायन्स क्लब अफ जीतपुरसिमराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित औराहा पशुपालन कृषि सहकारी संस्थालाई ३ सय बिरुवा बितरण गरेको छ । बिरुवाहरुमा एभोकाडो,आँप र लिचिका सय/सय वटा बिरुवा रहेको लायन्स क्लब अफ जीतपुरसिमराले जनाएको छ ।

Leave a review

This will close in 0 seconds