पर्सामा चार लाख ५० हजार भारतीय नोटसहित एक जना पक्राउ

साझेदारी डेलि
21 पाठक संख्या

वीरगञ्ज । पर्सा प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ति चोकबाट चार लाख ५० हजार भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको मोतीहारी जिल्ला पलानवा थाना वडा नं.१० बस्ने ५५ वर्षीय अशोक कुमार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए।

प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा कुमारलाई पक्राउ गरेको हो। भारतबाट वीरगञ्जतर्फ आउदै गरेको बिआर ०६एटी ६४४५ नम्बरको मोटरसाईकल रोकी जाँच अशोक कुमारले उक्त मोटरसाईकलको डिक्कीमा लुकाई छिपाई राखेको भारतीय नोट बरामद गरिएको हो।

बरामद गरिएको रुपैयाँमा ५०० दरका आठ सय ९१ थान, रु.२०० दरका नोट थान–१ र रु.१०० दरका नोट थान–४३ गरी चार लाख पचास हजार फेला परेको हो। प्रहरीले मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ।

Leave a review