डिभिजन बाराका बन अधिकृत सिंह सम्मानित

रञ्जन यादव
287 पाठक संख्या

डिभिज बन कार्यालय बाराका डिभिजनल बन अधिकृत बिनोद सिंह सम्मानित भएका छन ।

सामुदायिक बन दिवसको अवसरमा आयोजित राष्ट्रिय पुरस्कार र प्रमाणपत्र बितरण समारोहमा उनी सम्मानित भएका हुन ।

सामुदायिक बन दिवसको अवसरमा आयोजित राष्ट्रिय पुरस्कार र प्रमाणपत्र बितरण समारोहमा बन तथा भु संरक्षण बिभागले राष्ट्रिय प्राकृति संरक्षण कोष खुमलटार,ललितपुरमा आयोजित राष्ट्रिय पुरस्कार र प्रमाण पत्र बितरण कार्यक्रममा अधिकृत सिंह र जनज्योती सामुदायिक बन उपभोक्ता समुह निजगढका अध्यक्ष खड्ग बहादुर मोक्तान सम्मानित हुनुभएको हो ।

गणेशमान सिंह राष्ट्रिय पुरस्कार २०८१ मा प्रथम स्थान हासिल गर्न सफल हुनभएकोमा सो सम्मान र पुरस्कार बितरण गरिएको जनाईएको छ । सामुदायिक बनको प्रभावकारिता तीनै तहको सरकार र समुदायको सहभागिता कार्यक्रमको मुल नारा तय गरिएको थियो ।

Leave a review