एक लाख ७१ हजार नगदसहित जुवातास खेल्ने १३ जना पक्राउ

संदिप प्रसाद यादव
458 पाठक संख्या

कलैया,०७ भदौ । बारा प्रहरीले एक लाख ७१ हजार नगदसहित जुवातास खेल्ने १३ जनालाई पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुर स्थित बस्ने मोतिलाल प्रसादको घरमा छापामार्दा उक्त रकमसहित जुवातास खेल्ने १३ जनालाई पक्राउ गरेको हो ।

उनिहरुको साथबाट नेपाली रू.१ लाख ७१ हजार २ सय ८० रूपैया समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त रकमसहित १३ जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन् ।

Leave a review