माछा खाएर विरामी भएका तीन बालबालिकाको मृत्यु

साझेदारी दैनिक
420 पाठक संख्या

विषक्त खाना खाएर बाराका ती नाबालकहरुको ज्यान गएको छ ।

बाराको सिम्रौनगढ नगरपालिकाका एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ । उनीहरुको विषक्त माछा खाएकै कारण मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खेलेको छ ।

माछा खाएर झाडापखाला र बान्ता भइ बिरामी भएका सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामकी ९ वर्षीया छोरी ललिमा राम,७ वर्षीया पुष्पा राम र पाँच वर्षीय छोरा कृषनन्दन रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खडकाले जानकारी दिए ।

तीनै जना बालबालिका हरुको उपचारको क्रममा वीरगंजको नारायणी अस्पतालमा ज्यान गएको उनले बताए । तीनै जनामा खाना खाएपछि अचानक स्वास्थ्यमा समस्या आएको थियो। बान्ता र झाडापाखाला लागेपछि उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियोे ।

प्रारम्भिक अनुसन्धानको क्रममा परिवारमा माछा ल्याएर खाना बनाएर खाएकोमा तिनै बालबालिकाहरुको स्वास्थयमा समस्या आएको बुझिएको तर बिस्तृत जानकारी भने पोस्टमाटम रिपोर्ट आएपछि थाहा हुने खडकाले बताए ।

स्थानीयको अनुसार आईतवार राती घरमा माछा र भात खाएपछि पेट दुख्ने समस्या देखिएपछि स्थानीय क्लिनिक हुदै उपचारका लागि वीरगञ्ज पुराईएको थियो ।

Leave a review