जीतपुरसिमरा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतमा शिवजी प्रसाद

रञ्जन यादव
412 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिवजी प्रसादले पाएका छन ।

उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदराज फुयालको मंसिर ११ गते गृह मन्त्रालयमा सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिवजी प्रसादलाई जिम्मेवारी तोकेको हो ।

उपमहानगरमा कार्यरत कर्मचारी मध्ये जेष्ठ कर्मचारी समेत रहेका उपसचिव नवौं तहमा कार्यरत रहेका शिवजी प्रसादलाई स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ८४ अनुसार प्रमुख प्रशासकीय अधिकृत नखटाईएसम्मका लागि आर्थिक तथा प्रशासनिक कार्य गर्ने जिम्मेवारी तोकिएको हो ।

हाल उनी उपमहानगरपालिकाको शिक्षा,खेलकुद तथा युवा महाशाखा प्रमुख हुन् ।

Leave a review