सूर्य नेपालद्वारा निर्मित चमेना गृह र प्रशासनिक भवन हस्तान्तरण

रञ्जन यादव
328 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ मा सूर्य नेपाल द्वारा निर्मित चमेना गृह( क्यान्टिङ्ग ) र प्रशासनिक भवन हस्तान्तरण गरेको छ ।

सिमरा कलेजमा ४४ लाखमा निर्मित चमेना गृह र श्री नेरा मा.बि. सिमरामा एक करोड १० लाखको लागतमा निर्मित प्रशासनिक भवनको एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

दुबै भवन सूर्य नेपालले आफै ठेक्का आहवान गरी ठेकेदारको माध्यमबाट तीन महिना भित्र निर्माण गरेको हो । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा गुणस्तरीय बनाउँनुपर्नेमा जोड दिएका हुन् ।

क्षमता सहितको प्रमाण पत्र अहिलेको बजारको माग भएकाले सोहि अनुसारको शिक्षा बिद्यालय देखि कलेजहरुले प्रदान गर्नुपर्ने उनले सल्लाह दिए ।जीतपुरसिमरा उपमहानगरपालिकामा गुणस्तरीय शिक्षाको जग बसाल्ने काम एउटा ब्यक्ति वा समूहले चाहेर मात्र नहुने भएकाले सबैले आ–आफ्क्षेनो त्रबाट योगदान दिनुपर्ने सल्लाह दिए ।

सूर्य नेपालका कारखाना प्रबन्धक सुरेशकाजी श्रेष्ठ सामाजिक उत्तरदायित्व अन्तर्गत आफुहरुले सिमरा कलेज र सिमरा मा.वि.लाई भवन निर्माण गरेको जानकारी दिए । उनले जीतपुरसिमरा अस्पताललाई पनि पाँचवटा डाईगनोसेसिस मेसिन प्रदान गर्ने तयारीमा रहेको उनले बताए ।

कारखाना प्रबन्धक श्रेष्ठले सूर्य नेपालले शिक्षा,स्वास्थ्य,पुर्वाधार,प्रकृति लगायतको क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिएका थिए । सोही अवसरमा श्री नेरा मा.वि. सिमराले आफ्नो बिद्यालयबाट कक्षा १२ को परीक्षामा सामुदायिक बिद्यालयतर्फ जिल्लामा उत्कृष्ट गर्ने सामना भट्टराई र गौरबमान श्रेष्ठलाई जनही नगद पाँच हजार,दोसल्ला र प्रमाण पत्रले बिद्यालयले सम्मान गरेको छ ।

त्यस्तै सोहि विद्यालयबाट एस.ई.ई. परीक्षामा उत्कृष्ट गर्ने रिति घोरासैनी र गोपाल दासलाई जनही रु ३ हजार,दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको बिद्यालयका प्राचार्य शंकर अचार्यले जानकारी दिए ।

Leave a review