बासठ्ठी किलो लागू औषध गाँजासहित हाईस गाडी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
534 पाठक संख्या

बारा प्रहरीले ६२ किलो लागू औषध गाँजा सहित हाईस गाडी नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी पथलैया बाराबाट प्रहरी सहायक निरीक्षक हरिन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले सो गाँजालाई नियन्त्रणमा लिएको हो ।

जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा हुलाश फ्याक्ट्री अगाडि रोकिएर राखेको अवस्थामा गाडीलाई जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको लागू औषध गाँजा सहित हाईस गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ना १ ज ८४५८ हाईस गाडीसहित ६२ किलो लागू औषध गाँजा बरामद गरिएको हो ।

उक्त लागू औषध गाँजा बरामद गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds