जीतपुरमा स्तरीय हिज्जे प्रतियोगिता जीतपुरमा सम्पन्न

रञ्जन यादव
347 पाठक संख्या

केयर भिजन ईङ्गलीस बोडिङ्ग स्कुल जीतपुरको आयोजना र एन प्याबसन सहकार्यमा जीतपुरसिमरा उपमहानगर स्तरीय हिज्जे प्रतियोगिता(स्पेलिङ्ग कम्पिटिसन) जीतपुरमा सम्पन्न भएको छ ।

प्रतियोगितामा जे.पि.ई.स. प्रथम,सेन्टर पिटरस एकेड्मी द्धितीय र अम्ब्रेला ईङ्गलीस बोडिङ्ग स्कुल तृतीय स्थान हासिल गरेको केयर ईङ्गलीस बोडिङ्ग स्कुलका साहयक प्रधानध्यापक शम्भु गुप्ताले जानकारी दिए ।

प्रतियोगितामा होलिराज ईङ्गलीस बोडिङ्ग स्कुल सान्तावना पुरस्कार प्राप्त गरेको थियो । बिजय प्रतियोगीहरुलाई शिल्ड र मेडल बारा क्षेत्र नं.४.(क) बाट निर्वाचित प्रदेश सभा सदस्य देवनारायण चौधरीले प्रदान गर्नुभएको थियो ।

प्रतियोगितमा ११ वटा निजी बिद्यालयहरुको २२ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । एउटा बिद्यालयबाट दुई जना बिद्यार्थी प्रतियोगितामा भाग लिएका थिए ।

हिज्जे प्रतियोगिता सुरु हुनुभन्दा अगाडि भएको औपचारिक कार्यक्रमको उद्घाटन बारा क्षेत्र नं.४(क) बाट निर्वाचित प्रदेश सभा सदस्य चौधरीले गरेका थिए । उनले बिद्यार्थीहरुलाई किताबी ज्ञानको साथसाथै ब्यवहारिक र अतिरिक्त क्रियाकलाबमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै एन प्याबसनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारीले बिद्यालयहरुले खेल्दै सिक्ने शैलीको बिकास गर्नुपर्नेमा जोड दिनुभयो ।सबै बिद्यालयहरुले एक,एक प्रतियोगीता गर्ने जिम्मा लिएर प्रतियोगिता गर्ने हो भन्ने खेलकुदको पनि बिकास हुने र एक बिद्यालयका बिद्याथीहरुले अर्को बिद्यालयको बिषयमा जान्ने अवसर प्राप्त गर्ने बताउँनुभयो ।

उनले जीतपुरसिमरा उपमहानगरपालिकाको प्रत्येक वडाहरुले आफनो वडाको बिद्यालयमा उत्कृष्ट गर्ने बिद्यार्थीहरुलाई पुरस्कृत गर्नुपर्ने धारणा राखे ।

प्रतियोगितामा एमरल्ड एकेड्मी जीतपुर,एभरग्रिन ईङ्गलीस बोडिङ्ग स्कुल जीतपुर,जीतपुर पब्लिक ईङ्गलीस स्कुल जीतपुर,शहिद स्मारक एकेड्मी जीतपुर र सेन्ट पिटर एकेड्मी सिमरा,अम्ब्रेला ईङ्गलीस बोडिङ्ग स्कुल जीतपुर,रोज एकेड्मी,शुभारम्भ एकेड्मी र पबित्रा राज ईङ्गलीस बोडिङ्ग स्कुल बकुलियाको बिद्यालयले भाग लिएका थिए । कार्यक्रमको सञ्चालन केयर भिजन ईङ्लीस बोडिङ्ग स्कुलका शिक्षिका अनिसा उप्रेतीले गर्नुभएको थियो ।

केयर भिजन ईङ्गलीस बोडिङ्ग स्कुल जीतपुरका प्रिन्सिपल प्रधुमन चौधरीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका–५ का वडाध्यक्ष दिपेन्द्र चौधरी,वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ता,एन प्याब्सनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी,जिल्ला कोषाध्यक्ष मदन रिजाल,नेपाल राष्ट्रिय नमुना माबी बकुलियाका प्रअ धनन्जय गौतम,एभरग्रिन ईङ्गलीस बोडिङ्ग स्कुलका प्रिन्सिपल राजेन्द्र कडेँल लगाएत विद्यार्थी र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds