रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व बारा,पर्सा सहित सोमबार निकै हर्सोल्लाहका मनाईयो

साझेदारी दैनिक
309 पाठक संख्या

श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व बारा,पर्सा सहित सोमबार निकै हर्सोल्लाहका साथ मनाईएको छ ।

यसैगरी तराईक्षेत्रमा पनि यसैदिन राखि अर्थात रक्षा बन्धन पर्व धुमधामका साथ मनाईएको छ । दिदीबहिनीले दाजुभाईलाई राखी बाँधेर यो पर्व मनाइएको हो ।

विशेष गरी दिदीबहिनी र दाजुभाईकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक एवम् धार्मिक विश्वास छ ।

तराईका जिल्लाहरुमा मात्रै मनाईदै आएको राखी बाध्ने पर्व अब विस्तारै अहिले हेटौडा,काठमाडौँ उपत्यका सहित पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।

प्रत्येक बर्ष मनाईने यो बर्षमा खासगरी स्नान गरी नयाँ जनै धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई श्रावणी स्नान पनि भन्ने गरिन्छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए,त्यसैले म तिमीलाई बाँध्छु,यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका कै आधारमा यो पर्व मनाउन थालिएको हो ।

आजको दिन सप्तऋषिहरु काश्यप,अत्रि,भारद्वाज,गौतम,जमदग्नि,वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।

यो दिनमा नैै करिब ११,१२ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर पखाएर खाने चलन छ जसलाई क्वाँटी भन्ने चलन छ ।

यस्तो चिज खानाले शरीरमा रोग नलाग्ने,पेट सफा हुने विश्वसा र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकालीदिने विश्वास रहेको छ ।

Leave a review

This will close in 0 seconds