तीज विशेष कार्यक्रममा महिलाको नेतृत्व र सशक्तीकरणमा जोड

रञ्जन यादव
160 पाठक संख्या

जीतपुर : बाराको सिमरामा लोकतान्त्रिक महिला सञ्जालको सोमबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ।

‘नेतृत्वमा महिला, परिवर्तनमा गति’ भन्ने नारासहित विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागी महिलाहरूले तीजलाई केवल धार्मिक पर्वका रूपमा मात्र नभई एकता, खुशी र सशक्तीकरणको उत्सवका रूपमा मनाउनु पर्नेमा जोड दिए। वक्ताहरूले यस्ता कार्यक्रमहरूले महिलाको सामाजिक चेतना, अधिकार सुनिश्चितता र सहभागितामा ठुलो योगदान पु¥याउने विश्वास व्यक्त गरे।

लोकतान्त्रिक महिला सञ्जाल बाराकी अध्यक्ष तथा नेपाली कांग्रेस नेतृ मेघा शाहीले तीज पर्वलाई धर्म, संस्कार, दिदीबहिनीबीचको भेटघाट, नाचगान र पारिवारिक एकताको प्रतीकको रूपमा व्याख्या गर्दै यसलाई समाजपरिवर्तन र अन्धविश्वास चिर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखिन्।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य मिना लामा प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा महिलाहरूले तीज गीत, नृत्य तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी वातावरणलाई झन् उत्साहपूर्ण बनाएका थिए ।

Leave a review

This will close in 0 seconds