रञ्जन यादब /
तस्करी गरि ल्याईएको १६ वटा पशुचौपाया सहित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले फेटा गाउँपालिका वडा नं.१ स्थित सड्कखण्डबाट पशुचौपाया सहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउँ पर्नेमा फेटा गाउँपालिका वडा नं. १ रजवटीया टोल बस्ने वर्ष २३ को अरुण हजरा र वर्ष १९ को निकेश पासवान रहेका छन् । भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ भित्राई रहेको करिब ३ लाख १८ हजार पर्ने उक्त पशुचौपाया नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी गराए ।
वरामद गरेको पशुचौपायामा ४ वटा भैँसी, राँगा ४ वटा र पाडापाडी १२ वटा रहेको प्रवक्ता मिश्रले बताए । नियन्त्रणमा लिईएको भैंसी, राँगा र पाडापाडी सहित पक्राउ परेका मानिसलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा पठाइएको प्रहरी प्रबक्ता मिश्रले जानकारी जनाए ।