निजगढको विद्युत समस्या बारे स्थानीय युवा नेता रविराज दंगाल नेतृत्वको टोलीले प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।
नेकपा (माओवादी केन्द्र) का यूवा नेता दंगाल नेतृत्वको जम्बो टोली नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्र पुगेर निजगढको विद्युत समस्या बारे ध्यानाकर्षण सहित ज्ञापनपत्र दिएका हुन ।
सिमरा वितरण केन्द्र प्रमुख रुमेश रुपाखेतीलाई निजगढ नगरपालिकाका १३ वटै वडामा विद्युत सम्बन्धी देखिएका समस्याबारेमा लिखित रुपमा ज्ञापन पत्र बुझाईएको टोलीमा सहभागि एक नेताले बताएका छन ।
टोलीको ज्ञापन पत्र बुझ्दै केन्द्र प्रमुख रुपाखेतीले निजगढ क्षेत्रको समस्या तत्काल समाधान गर्ने आश्वासन दिएका छन् ।
यता नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले निजगढको समस्या समाधान गर्ने गरि काम अघि बढाउन केन्द्र प्रमुख रुपाखेतीलाई निर्देशन दिएको नेता दंगालले बताएका छ ।








