बारा । बाराको कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश श्रेष्ठको सरुवा भएको छ। श्रेष्ठलाई अर्थ मन्त्रालय, काठमाडौं वा सोअन्तर्गत सरुवा गरिएको हो।
उनको स्थानमा भन्सार विभाग, काठमाडौंमा कार्यरत मातृका आचार्य आउने भएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नौ प्रमुख प्रशासकीय अधिकृतसहित ६५ कर्मचारीको सरुवा तथा कामकाजको जिम्मेवारी हेरफेर गरेको छ।
मन्त्रालयको मंसिर ८ र ९ गतेको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका ७, तृतीय श्रेणीका २० र राजपत्र अनङ्कित प्रथम श्रेणीका ३८ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।



