अश्लीलता झल्किने भोजपुरी गीतमा नाचगान गर्न रौतहटमा रोक

साझेदारी दैनिक
321 पाठक संख्या

रौतहट । चाँडपर्वको नामममा अश्लीलता झल्किने भोजपुरी गीतमा नाँचगान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले रोक लगाएको छ ।

एक सूचना जारी गर्दै रातको समयमा “अश्लीलता झल्किने’ भोजपुरी गीतमाञ नाँचगान गर्न रोक लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एवम् प्रहरी नावय उपरीक्षक एलिजा गिरीले बिहीबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

‘ अनुमति बिना चाँडपर्वको नाममा गाउँ–गाउँमा दिन र रातको समयमा अश्लीलता झल्किने किसिमका भोजपुरीको गीत गाउने,लवण्डा नचाउँने,आर्केष्ट्रा नचाउँने,मनोरञ्जनका नाममा जुवा तास खेलाउने लगायतको कारण विभिन्न ठाउमा झैँ झगडा तथा कुटपिट,ढुङ्गामुढा गर्ने,विभिन्न मानिसको धन सम्पत्ति क्षतिलगायत गतिविधि गरेको पाइएमा सो को जिम्मेवार आयोजक पक्ष नै जिम्मेवार हुने व्योहोरा विज्ञप्तिमा रहेको छ ।

सबैमा जानकारीका लागि विज्ञप्तिमा अनुरोध गरिएको छ ।

Leave a review