कलैया,१० भदौ । मोटरसाइकलले ट्रकको पछाडि ठक्कर दिदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
बाराको कलैया उपमहानगरपालिका ९ रामपुर चोकको साँझको घटना हो ।
कलैयाबाट बरियारपुरतर्फ जादै गरेको ज.१ ब ७४० नम्बरको सरकारी प्लेटको मोटरसाइकलले सडकको बायाँ साईडमा रोकी राखेको ना.६ ख १९४३ नम्बरको ट्रकमा पछाडी ठक्कर दिदा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् ।
सिम्रौनगढ नगरपालिका – ३ नयकाटोल बस्ने अन्दाजी ३५/४० वर्षीय मनोजप्रसाद यादवको छाती र शरीरको भित्री भागमा चोट लागि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनको प्रादेशिक अस्पताल कलैयामा सामान्य उपचार भएको हो । थप उपचारको लागी नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
उनका अनुसार मोटरसाइकल र ट्रकसहित ट्रक चालक रौतहटको माधव नारायण नगरपालिका २ खेसरहिया बस्ने अन्दाजी ३० वर्षीय रामविकेस साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।


