औराहाको सेवा निवृत शिक्षक त्रिपाठीको बाजागाजा सहित भयो बिदाई

रञ्जन यादव
292 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय औराहाको सेवा निवृत शिक्षकलाई बिद्यार्थीहरुले सम्मान स्वरुप विदाई गरेका छन् ।

उनीहरुले फुलमाला लगाई बाजागाजा सहित घरसम्म पु¥याएर बिदाई गरेका छन् । २१ वर्ष देखि अध्यापन गराईरहेका शिक्षक प्रजापती त्रिपाठीको बिद्यार्थी र शिक्षक परिवारले भब्यताको साथ बिदाई गरेका हुन् ।

प्रा.वि. प्रथम श्रेणिका शिक्षक त्रिपाठीको एक समारोहको आयोजना गरी बिद्यालयले मायाको चिनो,सम्मान पत्र र फुलमालाले सम्मान गरेको हो । वडा नं.४ औराहास्थित बिद्यालयबाट रजघट्टा स्थित उहाँको घर सम्म हिडेर बिद्यार्थी,अभिभावक र शिक्षकले बिदाई गरेको प्रधानध्यापक रामदत्त जोशीले जानकारी दिए।

त्यसभन्दा अगाडि भएको औपचारिक बिदाई कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गरेका थिए । गमलामा पानी हालेर कार्यक्रमको उनले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बिद्यार्थीहरुले नृत्य,जादु र बिभिन्न किसिमको प्रस्तुती प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानध्यापक लगायत शिक्षकले अबिर,पूmलमाला लगाएर मायाको चिनो त्रिपाठीलाई प्रदान गरेका थिए ।

त्यस्तै त्यस बिद्यालयमा अध्ययनरत बि.स. २०५९ सालको एस.ई.ई. ब्याचले सेवा निवृत भएका शिक्षक त्रिपाठीलाई ढाकाटोपी लगाएर मायाको चिनोले सम्मान गरेको थियो ।बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नसिम हुसेनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतब्य सहायक प्रधानध्यापक दिपक भट्टले गरेका थिए ।

कार्यक्रमको सञ्चालन बिद्यालयका सूचना अधिकारी तथा सामाजिक बिषयका शिक्षक धनप्रसाद बजगाँईले गरेका थिए ।

Leave a review