दक्षिण कोरिया जान लागेका पाण्डेयको भयो भब्य बिदाई

संदिप प्रसाद यादव
373 पाठक संख्या

कलैया : कलैया उपमहानगरपालिकाका वातावरण तथा बिपत व्यवस्थापन महाशाखाका प्रमुख अनिलकुमार पाण्डेयको तालिममा सहभागी हुन दक्षिण कोरिया जान लागेका छन् ।

बाराको सदरमुकाम कलैयाको भरत चौकमा अवस्थित देवकीलाल धर्मशालामा कर्मचारीहरुले शनिबार एक कार्यक्रम बीच पाण्डेयको भव्य बिदाई गरेका छन् ।

नेकपा एमाले पार्टी बाराका अध्यक्ष अध्यानन्द पाण्डेयले खाँदा ओढाएर वातावरण महाशाखाका प्रमुख पाण्डेयलाई खाँदा पूmल माला लगाई बिदाई गरेका हुन ।

उक्त तालीममा अनुशासन सहित आफ्नो देशको नाम उच्च राख्न प्रमुख अध्यानन्दले आग्रह गरे ।

संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा ११ जना टोलिसहित पाण्डेय शनिबार राती जाने दक्षिण कोरिया जाने भएका हुन् ।

विदा भएका पाण्डेयले दक्षिण कोरियाको १५ दिने तालिममा सहभागि भई त्यहाँबाट प्राप्त जानकारी र सीपहरुको प्रयोग गर्ने जनाएका छन् । कलैया उपमहानगरपालिकामा खेलकुदको बिकासमा जोड दिने तथा स्वस्थ्य युवा अभियान नै चलाउने उनले बताए ।

उक्त कार्यक्रममा कलैया उपमहानगरपालिकाका वातावरण तथा बिपद ब्यवस्थापन महाशाखाका कर्मचारी,स्वास्थ्यकर्मी,खेलाडी,खेलकुद प्रेमी तथा सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको संचालन स्वास्थ्यकर्मी रामबाबु कुशवाहाले गरेका थिए ।

Leave a review