मधेस प्रदेशमै भयो प्रथम गौर नगरपालिका

साझेदारी दैनिक
438 पाठक संख्या

चन्दन कुमार महतो / मधेस प्रदेशमै संस्थागत क्षमता मूल्यांकनमा गौर नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८१ भाद्र ६ गते आर्थिक वर्ष २०७९/०८० स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा अनुसार गौरले प्रथम स्थान हासिल गरेको हो ।

प्रत्येक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गर्छ । मन्त्रालयले १० वटा शिर्षकमा प्रत्येक स्थानीय तहले सम्पादन गरेका कामकारवाही,सेवा प्रवाहका प्रमाण सहितका कागजातहरु अनिवार्य रुपमा अपलोड गर्ने व्यवस्था ४ वर्ष देखि लागु गरेको हो ।

तीन वर्ष देखि प्रत्येक स्थानीय तह द्वारा यो कार्यान्वयनमा ल्याइएको थियो । शासकीय प्रवन्ध,संगन तथा प्रशासन,वार्षिक बजेट तथा योजना व्यवस्थापन,वित्तीय एवंम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह,न्यायिक कार्य सम्पादन,भौतिक पूर्वाधार,सामाजिक समावेशिकरण,वातावरण संरक्षण तथा विपद् व्यवस्थापन,सहकार्य र समन्वय गरी १० वटा शिर्षक अन्र्तगत मन्त्रालयले स्थानीय तहको मूल्यांकन गर्ने गर्छ ।

स्वमूल्यांकनको आधारमा नै सम्बन्धित निकायबाट स्थानीय तहका लागि बजेट बिनियोजन गर्ने प्रक्रिया अपनाईएको छ । अर्थ मन्त्रालय र राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले यो प्रणाली अनुसार मूल्यांकन हुने गरेको जनाएको हो ।

वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्य सम्पादन मूल्याङ्कनमा गौर नगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्य सम्पादन मूल्याङ्कनमा मधेश प्रदेशमै नगरपालिका प्रथम भएको हो ।

अनुदानका लागि प्रदेश सरकार र स्थानीय तहले कार्य सम्पादन सूचक बापत प्राप्त गरेको नतिजा अनुसार गौर नगरपालिकाले ८० अंक हासिल गरेको छ । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले यसमा खुशी व्यक्त गरेका छन् ।

कार्यकाल सम्हालेको दिनदेखि नै कार्यालयले सम्पादन गरेको कामकारवाही र सेवा प्रवाहहरुको कार्य विवरण पारदर्शिताका साथ सेवा प्रवाहमा नगर प्रमुख साहले अहम् भूमिका निर्वाह गरेका छन् ।

Leave a review