Sajhedari Daily
Latest News from Nepal

घर निर्माणका लागि चेक हस्तान्तरण कार्यक्रम सम्पन्न

 

रबिन्द्र प्रसाद साह

कलैया, १८ फागुन

कलैया उपमहानगरपालिका अन्तरगतका विभिन्न वडाहरुमा निर्माण गरिने घरहरुकाका लागि पहिलो किस्ताको रकम हस्तान्तरण गरिएको छ ।

दिपशिखा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड कलैया बाराको आयोजना मंगलवार उपमहानगरपालिकाको सभाहलमा एक कार्यक्रम आयोजना गरि घरमुलीलाई पहिलो किस्ताको चेक हस्तांतरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादवले उक्त चेक हस्तान्तरण गरेका छन ।

कलैया उपमहानगरपालिका, लुमन्ति आवाशको लागि सहयोग समूह र शहरी गरिबी निवारण मञ्चको संयुक्त सहयोगमा कलैया सेलाभिप परियोजना अन्तरगत कलैया उपमहानगरपालिकाको लुमन्तिको कार्य क्षेत्र रहेका २१ वटा टोलका ५१ परिवारको घर निर्माणका हुदै छ ।

घर निर्माणका लागि पहिलो किस्ता अन्तर्गतका मंगलवार २० घर परिवालाई पहिलो किस्ता स्वरुप प्रति परिवारहरुलाई रु ५० हजारको दरले कुल १० लाख बरावरको चेक हस्तन्ंतरण गरिएको छ।

दिपशिखा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष रामरती देवी पासवानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रहलाद वर्णवाल, कलैया उपमहानगरपालिकाका योजना प्रमुख मुस्ताक अंसारी, लुमन्ति आवाशको लागि सहयोग समूह कलैयाका फिल्ड संयोजक अब्दुल कैश, शहरी गरिबी निवारण मञ्चका अध्यक्ष रबिन्द्र प्रसाद साह, सहकारीका व्यवस्थापक अखिलेश राम लुमन्तिका इन्जिनियर विवेक तिवारी, सामुदायिक सहजकर्ता अजय यादव, विभिन्न टोलका लाभग्राही व्यक्तिहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सन्चालन लुमन्ति कलैयाका वरिष्ठ सामुदायिक सहजकर्ता अनिल मण्डलको रहेको थियो भने स्वागत मन्तव्य सामुदायिक सहजकर्ता सूर्यराज पासवानको रहेको थियो।