लागू औषध मुद्दामा फरार रहेका गोले पक्राउ

संदिप प्रसाद यादव
340 पाठक संख्या

कलैया,१४ भदौ । बारा प्रहरीले लागू औषध मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरी कारवाही सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराका मातहत ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादी लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरीले लागु औषध मुद्दामा अदालतबाट एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना पाएका मकवानपुरको गढी गाउँपालिमा घर भई हाल बाराको निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुर बस्ने अन्दाजी २३ वर्षीय बिजय गोलेलाई पक्राउ गरेको छ ।

उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review